खाेज्नुहाेस

सुदूरपश्चिममा खेलकुदको विकासका लागि साझा धारणा बनाउन आवश्यक : मुख्यमन्त्री भट्ट

Image

स्याउले – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन्द भट्टले सुदूरपश्चिमको खेलकुदको विकासका लागि साझा धारणा बनाउन आवश्यक रहेको बताएका छन ।

कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन । उनले खेलकुदको विकासका लागि प्रदेशमा स्थापना भएको प्रदेश खेलकुद परिसद् मार्फत साझा धारणा बनाएर काम गर्न आवश्यक रहेको बताए ।

attariya hospital
navjiwan hospital

‘प्रदेश सरकार यस क्षेत्रका युवाहरुको चाहना बमोजिम काम गरिरहेको छ’ उनले भने ‘हामीले चाहे जती गर्न नसकेको भएपनि हामीले अहिले खेलकुदलाई सरकारले महत्त दिएर काम गरिरहेको छ ।’

उनले यस क्षेत्रको खेलकुदको विकास गर्नका लागि प्रदेश खेलकुद परिसद स्थापना गरिएको बताए । उनले प्रत्येक स्थानिय तहमा पनि खेलकुद परिसद् बिस्तार गरिन आवश्यक रहेको बताए ।

‘खेलमा सुदूरपश्चिमका युवाहरुको अहम भूमिका खेलिरहनु भएको छ’ उनले भने ‘यसलाई मध्यनजर गर्दै सुदूरपश्चिम सरकार पनि तालिम लगायत खेलकुदका कार्यक्रम संचालनका लागि लागिपरेको छ ।’ उनले एउटा निर्वाचन क्षेत्रमा प्रदेश सरकारले एक खेल मैदान बनाउने गरि काम गरिरहेको बताए ।

maya metro hospital