सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता सुरु, मुख्यमन्त्री भट्टद्धारा उद्घाटन

 

 

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन्द भट्टले उद्घाटन गरेका छन ।

maya metro hospital

पिएफए स्पोटस क्लवको आयोजना भएको तेस्रो संस्करण अन्तरगत अहिले महिला टिमको उद्घाटन खेल चलिरहेको छ । प्रतियोगितामा मनकामना युवा क्लव र सुर्मादेवी युवा क्लव भिडिरहेका छ ।

attariya hospital

प्रतियोगितामा पुरुष तर्फको खेलमा प्रथम पुरस्कार ५ लाख, द्धितिय पुरस्कार २ लाख ५० हजार तोकिएको छ । त्यस्तै पुरुष तर्फकै खेलमा सर्वोकृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट गोर रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी र उत्कृष्ट अग्र मैदान खेलाडीलाई १५/१५ हजार पुरस्कार वितरण गरिने छ । त्यस्तै म्यान अफ द म्याचका लागि ४ हजारका दरले ९ वटा खेलमा ३६ हजार दिइनेछ ।

त्यस्तै महिला तर्फको खेलमा प्रथम पुरस्कार १ लाख ५० हजार, द्धितिय पुरस्कार ७५ हजार राखिएको छ भने सर्बोकृष्ट खेलाडीलाई १५ हजार पुरस्कार दिइने जनाईको छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी, उत्कृष्ट अग्र मैदान खेलाडीलाई १०÷१० हजारका दरले पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । महिला तर्फको ओम्यान अफ द म्याच स्वरुप प्रत्येक खेलमा ३ हजारका दरले १५ हजार पुरस्कार दिइने छ ।

पुस १० गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष तर्फका ८ टिम र महिला तर्फका ६ टिम सहभागि छन ।

सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता २०७५ सालदेखि सुरु भएको थियो । प्रतियोगिताको पहिलो संस्करणको उपाधि फारवेष्ट पशुपति क्लवले जितेको थियो भने दोस्रो संस्करणको उपाधि बनदेवि युवा क्लवले हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.