खाेज्नुहाेस

धनगढीमा हुने पीएम कपको तयारी अन्तिम चरणमा

Image

धनगढी – धनगढीमा हुने प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पौष ३ गते देखि हुने क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

navjiwan hospital

बिहीबार धनगढीमा आयोजना गरिएिको पत्रकार सम्मेलनमा बोल्दै आयोजक मूल कमिटी संयोजक सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले प्रतियोगिताको तयार अन्तिम चरणमा पुगेको बताए ।

attariya hospital

उनले प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख, प्रतियोगितामा वमन अफ द म्याच २ हजार प्रति म्याच ,वमन अफ द सिरिज २५ हजार, वेस्ट बलर १५ हजार, वेस्ट ब्याट्स वमनलाई १५ हजार दिइने बताए ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ धनगढीको सहआयोजनामा हुने प्रतियोगिता पौष ११ गते सम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने छ । प्रतियोगितामा सातै प्रदेशबाट प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ ।