खाेज्नुहाेस

सत्यवती, ट्रिपोलार र सैनिक महाविद्यालय ‘एभरेष्ट फुटबल टुर्नामेन्ट’ को क्वाटरफाइनलमा

Image

अत्तरिया – कैलालीको अत्तरियामा जारी ‘एभरेष्ट फुटबल टुर्नामेन्ट’  अन्तरगत मंगलबार ३ वटा खेल सम्पन्न भएका छन । ३ खेलमा जित हात पार्दै सत्यवती एकेडमी, ट्रिपोलार एकेडमी र सैनिक आवासिय महाविद्यालय क्वाटरफाइनलमा प्रवेश गरेका छन ।

मंगलबार भएको पहिलो खेलमा सत्यवतीले ज्ञानज्योती इङ्गिलिस बोर्डिङ स्कुललाई पराजित गरेको थियो । ट्राइबेकरमा गएको खेलमा सत्यवतीले ३– २ को अन्तरले पराजित गरेको थियो ।

attariya hospital
navjiwan hospital

त्यस्तै दोस्रो खेलमा ट्रिपोलार एकेडमीले जेके माविलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । मंगलबार भएको अन्तिम खेलमा सैनिक आवासिय महाविद्यालय विजयी भएको छ ।

उसले मोहना मल्टेश्वरीलाई ट्राइबेकरमा १– ० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तरगत बुधबार लोटस आइ मावि र माउन्ट ओलिभ बिच हुने छ भने दोस्रो खेल सक्षम पाठशाला र मल्सीम एकेडमिका बिच खेल संयोजक संयोजक धर्मराज भट्टले जानकारी दिएका छन । उनले सोमबार नै क्वाटरफाइनको पहिलो खेल दुर्गालक्ष्मी मावि र जनकल्याण माविका बिच हुने बताए ।

प्रतियोगितामा कैलाली र कञ्चनपुरका १७ निजी विद्यालयका टिम र १ सामूदायिक विद्यालय गरी १८ टिम सहभागि रहेको छ ।

प्रतियोगिता विजेता टिमलाई १५ हजार तथा उपविजेतालाई १० हजार प्रदान गरिने छ भने प्रतियोगितमा प्रत्येक खेलको म्यान अफ दि म्याच बराबर १ हजार र बेष्ट प्लियरलाई ३ हजार दिने जनाइएको छ । प्रतियोगिताको फाइनल खेल पुस ३ गते खेलाइने जनाइएको छ ।