खाेज्नुहाेस

अत्तरियामा घरजग्गा खरिद विक्रिका लागी खुल्यो गोदावरी रियल स्टेट

Image

अत्तरिया – कैलालीको अत्तरियामा घरजग्गा खरिद बिक्रिका लागी वैधानिक रुपमा संस्था खुलेको छ ।

जग्गाको खरिद र बिक्रि गर्न चाहने व्यक्तिहरुको सहजताका लागी अत्तरियाको धनगढीरोडमा गोदावरी रियल स्टेट प्रा.ली. सञ्चालनमा आएको हो ।

attariya hospital

गोदावरी नगरपालिका वडा नं. २ का २ जना युवा गणेश जोशी र निरज सेवा तथा वडा नं. १ का युवा गणेश जोशीले संयुक्त रुपमा रियल स्टेट सञ्चालनमा ल्याएका हुन ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिकामा जग्गाको कारोबार गर्नेको संख्या बृद्धि भएको र उनिहरुलाई वैधानिक रुपमा रोजाई अनुसारको घरजग्गा उपलब्ध गराउनका लागी संस्था सञ्चालनमा ल्याएको सञ्चालक निरज सेवाले बताए ।

पछिल्लो समय जग्गा खरिद बिक्रि गराउने एजेन्टका कारण जग्गाधनीहरु ठगिन थालेको बताउदै उनले संस्थाले आधिकारीक रुपमा नै दर्ता गरेर जग्गा खरिद गर्ने उपभोक्ताहरुलाई जग्गा प्रदान गर्ने बताए ।

उनले अत्तरियामा झोले एजेन्टहरुले जग्गा खरिद गर्ने व्यक्तिहरुलाई बढी प्रतिशत लिई जग्गा उपलब्ध गराउदै आएकोमा संस्थाले त्यस्तो कार्यलाई निरुत्साहीत गर्ने समेत उनले बताए । संस्थाले घरजग्गा, सटर तथा पसलहरु खरिद विक्रि गर्ने कार्य गर्ने उनले बताए ।