खाेज्नुहाेस

भुपेन्द्र बडुवाल हत्या प्रकरण : पक्राउ परेका १२ मध्ये ३ जना धरौटीमा छुटे

Image

धनगढी – कैलालीको लम्कीचुहा नगरपालिका–३ का भूपेन्द्र बडुवालको हत्या आरोपमा पक्राउ परेका १२ जना मध्ये ३ जना धरौटीमा छुटेका छन । शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका ३ जनालाई धरौटी बुझाएर तारेखमा छाडेको हो ।
धरौटीमा छुट्नेमा लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही रहेका छन ।

उनीहरु तीन जनामाथि बडुुवालको हत्याका अभियुक्तहरुलाई सघाएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो ।

attariya hospital
navjiwan hospital

यस्तै ९ जना भने पुर्पक्षका लागि थुनामा परेका छन् । अदालतको आदेशसँगै लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकपुरकै २५ वर्षीय सोहन शाहलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

बडुवाल हत्या प्रकरणमा फरार रहेका अन्य ९ जनाको बारेमा भने अदालत तत्काल केही नबोलेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

लम्कीचुहाका बडुुवालको गत कात्तिक २३ गते टीकापुरमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो ।