अत्तरिया – नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटिले पुर्णता पाएको छ ।
बुधबार कमिटिका पदाधिकारी र सदस्यहरु तोकिएसँगै कमिटिले पुर्णता पाएको हो । कमिटिको ईन्चार्ज, सह ईन्चार्ज र अध्यक्ष केन्द्र तहले यसअघि नै तोकेको थियो ।


कमिटिको ईन्चार्जमा मान बहादुर महरा, सहईन्चार्जमा रक्षा बम र अध्यक्षमा चेतन ऐडी तोकिएका थिए । बुधबार ईन्चार्ज महरा, सहईन्चार्ज बम, अध्यक्ष ऐडी तथा केन्द्रिय सदस्य सुरेश शर्मा लगायतको सहभागीतामा कमिटिका बाँकी पदाधिकारी र सदस्यहरु तोकिएका हुन ।
अनेरास्ववियुको देशभरी नै संगठन विस्तार चलिरहेकाले सुदूरपश्चिम विश्वविद्यालयमा पनि कमिटि गठन गरिएको ईन्चार्ज मान बहादुर महराले बताए । उनले ईन्चार्ज र सह ईन्चार्ज बाहेक पदाधिकारी सहितको ४९ सदस्यीय कमिटि गठन गरिएको बताए ।


















