खाेज्नुहाेस

कैलालीमा ज्यान मार्ने उद्योग र सवारी ज्यान मुद्दाका फरार २ प्रतिवादी पक्राउ

Image
navjiwan hospital

धनगढी- कैलालीमा ज्यान मार्ने उद्योग र सवारी ज्यान मुद्दाका फरार २ प्रतिवादी पक्राउ परेका छन्। मंगलवार ईलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले कैलाली साविकको दोदोधरा गाविस ७ का ३३ वर्षीय दिपेन्द्र बुढा र सोही ठाउँका ३० वर्षीय मोहन भट्टराईलाइ पक्राउ गरेको हो।

दिपेन्द्रले २०६४।१२।०८ गते १ जना व्यक्तिलाई ज्यान मार्ने उद्योग गरी फरार भएका थिए। यस्तै मोहनले चलाएको से १ प ६७६३ नम्बरको मोटरसाईकलले एक जना पैदल यात्रीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको थियो। उनी पनि वारदात मितिदेखि फरार रहेका थिए। प्रतिवादीलाई पक्राउ पश्चात प्रहरीले कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

attariya hospital