कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरबाट एक थान भरुवा बन्दुक बरामद गरिएको छ। कृष्णपुर नगरपालिका –२ बाणीस्थित आदर्श सामुदायिक वन र गोलाबारी सामुदायिक वनको बिच खोलाको किनारमा बन्दुक फेला परेको हो ।

बन्दुक बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिएका छन ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















