एमाले गोदावरी –२ का सचिव भट्ट भन्छन ‘माओवादीमा प्रवेश गरेको हल्ला निराधार हो’

अत्तरिया – नेकपा एमाले गोदावरी नगरपालिका – २ का सचिव भुवनेश्वर भट्टले आफू माओवादी केन्द्रमा प्रवेश गरेको भन्ने हल्ला निराधार भएको बताएका छन । उनले काम बिशेषले मुख्यमन्त्री कार्यालयमा जाँदा फोटो खिचेर माओवादीमा प्रवेश गरेको भनेर भ्रम सिर्जना गरिएकाले सो भ्रममा नपर्न आग्रह गरेका छन ।

maya metro hospital

‘काम बिशेषले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कार्यालमा गएको बेला फोटो लिएर सोही फोटो सामाजिक संजालमा हालेर माओवादी केन्द्रमा प्रवेश भनेर हालियो’ उनले भने ‘म नेकपा एमालेको नीति, बिचार र सिद्धान्तप्रति दृढ रही निरन्तर पार्टीको काममा लागेको छु ।’

citizen security services

उनले नियोजित रुपमा आफ्नो फोटो प्रयोग गरी आफवाह फैलाएको जनाएका छन ।

attariya hospital

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.