खाेज्नुहाेस

साल्ट ट्रेडिङ अत्तरियाको डिपो सुनसान

Image

अत्तरिया – अत्तरियामा रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको डिपो कार्यालय सुनसान बनेको छ । चिनीको मौजाद शुन्य हुँदा डिपो सुनसान बनेको हो ।

डिपोबाट चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामग्री बिक्री गरिने भएपनि अन्य सामान किन्ने मानिस भने निकै न्युन आउने गरेको डिपोका प्रमुख धर्म राज उपाध्यायले बताए । उनले चिनी हुँदा धेरै ग्राहक आउने गरेका भएपनि चिनीको मौजाद सकिएदेखि कारोबार निकै न्युन हुने गरेको बताए ।

attariya hospital

‘गत बर्षको चैत महिना देखि नै डिपोमा बिक्रिका लागि चिनी आएको छैन’ उनले भने ‘चिनी नहुँदा अन्य सामान पनि विक्री कम हुन्छ ।’ उनले डिपोबाट चिनी प्रतिकिलो ७९ का दरले पाइने गरेको बताए ।

‘चिनीको मुल्य बजार भन्दा निकै कम भएकाले मानिसहरु चिनी किन्न आउँन्थे’ उनले भने ‘चिनी किन्न आउने ग्राहकले अन्य सामान पनि किन्थे । तर, अहिले चिनि नहुँदा अरु सामानको पनि बिक्री निकै न्यून छ ।’ उनले अन्य सामान पनि बजार मुल्य भन्दा कममा पाइने भएपनि ग्राहले त्यति चासो नदिने गरेको बताए ।

navjiwan hospital

उनले दशै तिहारमा सुपथ मुल्य पसल संचालन गर्दा पनि यस बर्ष चिनी नहुँदा अन्य सामान पनि निकै न्यून विक्री भएको बताए ।
२०७६ सालमा स्थापना भएको डिपोले दर्शै, तिहार र छट पर्वलाई लक्षित गरी सुपथ मुल्य पसल समेत संचालन गर्दै आएको छ ।

डिपोका प्रमुख उपाध्यायले अहिले दैनिक औषतमा १७÷१८ हजारको मात्रै सामान विक्री हुने गरेको बताए । ‘अहिले फुकटर सामान किन्ने ग्राहकको संख्या निकै न्युन छ’ उनले भने ‘केही थोक व्यपारी र होटलहरुले डिपोबाट सामान किन्ने गरेका छन ।’

उनले चिनीकै लागी ग्राहक आउने गरेकोमा अहिले डिपो सुनसान जस्तै भएको बताए । उनले चिनी हुँदा दैनिक ३ देखि ४ क्युन्टल विक्री हुने गरेको बताए ।

‘यस बर्ष दशैंमा पनि चिनी थिएन । जसले गर्दा अन्य सामान पनि निकै कम विक्री भयो । यस बर्ष नुन ११ सय २० केजि विक्री भएको थियो । गत बर्ष चिनी हुँदा नुन पनि ४ सय ८५ बोरा बिक्री भएका थिए’ उनले भने ‘यस बर्ष चिनी नहुँदा अरु सामान पनि बिक्री भएको छैन । पहिलोको तुलनामा २ प्रतिशत पनि बिक्री छैन ।’

डिपोका प्रमुख उपाध्यायका अनुसार अहिले देशैभरी चिनीको मौजाद शुन्य छ । टेन्डर मार्फत साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले भारतबाट ल्याएको चिनी भन्सार मै रोकिदा चिनी आउन नसकेको हो ।

अत्तरियाको धनगढी रोडमा रहेको डिपोपा अहिले ३ जना कर्मचारी कार्यरत रहेका छन । चिनी नहुँदा यस बर्ष दशै तिहारमा पनि डिपोहरुमा ग्राहकहरुको सख्या न्युन रहेको थियो ।