चुरेका सुन्तला ढुवानीमा समस्या

अत्तरिया – चुरे निगालीको सुन्तलाले बजारमा आफ्नो छुटै पहिचान बनाएको छ । अन्य ठाउँको तुलनामा यहाँको सुन्तला खान रसिलो र अर्गानिक भएकाले बजारमा पनि राम्रो माग छ । तर, यस बर्ष सुन्तला ढुवानीका लागि सडकमार्गमा क्षति पुगेपछि ढुवानीमा समस्या भएको छ । कार्तिक पहिलो साता आएको बर्षाका कारण अधिकासं ग्रामिण सडकमा क्षति पुगेकाले ढुवानी गर्न समस्या भएको हो ।

maya metro hospital

बर्षाका कारण अलाड देखि चटकपुर जोड्ने सडकमा क्षति पुग्दा किसानलाई गाउँबाट सुन्तला बजार पुगाउन समस्या भएको निगाली कृषि सहकारीका अध्यक्ष तिर्थ राज जोशीले बताए ।

citizen security services

उनले सहरकारीले किसानको सुन्तला बजार सम्म पुगाउन सहजिकरण गरेको भएपनि सडक विग्रीएर गाडी नजादा ढुवानीमा समस्या भएको बताए । उत्पादन हुने मुख्य सिजनमै सडक विग्रीएपछि अहिले किसानलाई बोकेर सडक सम्म सुन्तला ल्याउनु पर्ने बाध्यता रहेको उनले बताए ।

attariya hospital

सुन्तला किन्न व्यपारीहरु घर घरमै पुग्ने गरेका भएपनि सडक बिग्रिएका ठाउँमा किसानहरुले नै सुन्तला सडक सम्म बोकेर पुगाउने गरेका छन । जसले गर्दा ढुवानी खर्च किसानको लागतमा थपिने गरेको छ ।

चुरे गाउँपालिका – १ का सुन्तला किसान खगेन्द्र कडेलले स्थानिय तहबाट बाटो मर्मतको काम जारी रहेपनि अझै ढुवानी गर्न सहज नभएको बताए । उनले सडककै कारण पोखरा, आम्सेरा, ग्वानी लगाययतका क्षेत्रका करिब १ सय किसानले उत्पादन गरेको सुन्तला बजार पुगाउन समस्या भएको बताए । ‘पहिरोले भत्कीएका ठाउँमा अहिले सडक मर्मत गर्ने काम भइरहेको भएपनि त्यसमा गाडी चलाउन जोखिम नै छ’ उनले भने ‘यसका लागि सडकको राम्रो संग स्तरोन्नती गर्न आवश्यक छ ।’ डेढ सय बोट सुन्तला खेती गरेका कडेलले रोगले गर्दा सुन्तला बारीमा क्षति पुगेको बताए ।

स्थानिय टेक बहादुर सेडालले गाउँपालिकाले केही क्षेत्रमा सामान्य मर्मत गरिदिएको भएपनि सडकको राम्रो संग स्तरोन्नती नहुँदा किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको बताए । उनले ढिलो गरेर बाटो सुचारु गर्न गाउँपालिकाले पहल गरेको भएपनि त्यो प्रयाप्त नभएको बताए । उनले सुन्तला बोकेर ढुवानी गर्दा प्रति किलोग्राम ५ रुपैयाँ थपिने बताए ।

‘सडक सुचारु भएमा ठेकेदारहरु घर घरमै आएर सुन्तला लगेर जान्छन । जसले गर्दा ढुवानी खर्च तिर्नु पर्दैन’ उनले भने ‘बोकेर लग्दा किसानले नोक्सानी बेहोर्नु पर्छ ।’ उनले व्यपारीहरुले दाना हेरेर प्रतिकिलो ३० देखि ७५ रुपैयाँका दरले सुन्तला लग्ने गरेको बताए ।

चुरे गाउँपालिका – १ का वडा अध्यक्ष हुकुम बोहराले कार्तिक पहिलो साताको बर्षाले वडाका ९९ प्रतिशत सडकमा क्षति पुगेको बताए ।

उनले ग्रामिण सडकमा ठूलो क्षति पुगेको भएपनि अहिले अधिकासं सडक मर्मत गरी सुचारु गरिएको बताए । ‘वडामा १ महिना देखि २ वटा डोजरले नियमित काम गरिरहेका छन । सबै ठाउँमा एकैचोटी काम गर्न निकै समस्या छ’ उनले भने ‘सुन्तला ढुवानीमा समस्या हुने भएकाले सुन्तलाको उत्पादन हुने क्षेत्रमा पहिले बाटो मर्मत गरिरहेका छै ।’

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.