राज्यमन्त्री चौधरीको आश्वासनपछि गोदावरीमा अवरुद्ध सडक निर्माणको काम सुचारु

अत्तरिया – एशियाली विकास बैंक (एडिबी) को सहयोगमा क्षेत्रिय सहरी विकास आयोजना धनगढी अन्तरगत निर्माण भइरहेको गेटा आँखा अस्पताल देखि लालपुर जोड्ने सडकको विषयमा स्थानियले गरिरहेको बिरोध कार्यक्रम रोकिएको छ ।

maya metro hospital

बडेहा गाउँको पश्चिम कटान क्षेत्रमा निर्माण गर्ने भनिएको सडक सारेर खेतमा लगिएको भन्दै स्थानियले विरोध गर्दै सडक निर्माणको काम रोकेका थिए । सोमबार सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीको आश्वासन पछि स्थानियले गरिरहेको बिरोधका कार्यक्रम रोकेका हुन ।

citizen security services

राज्यमन्त्री चौधरीले स्थानियको माग पुरा गर्ने गरी सो क्षेत्रमा एडिबीकै अर्को सडक निर्माण गरिने बताईन्् । ‘मैले सहरी विकासका कर्मचारीहरुलाई बोलाएर अहिले निर्माण भइरहेको सडक नै बस्ती बढी भएको क्षेत्रबाट निर्माण गर्न दवाव दिएकी थिए’ उनले भनीन ‘सहरीका हाकिमहरुले सडकमा काम सुरु भएकाले सार्न नमिल्ने बरु एडिबिकै नयाँ सडक हाल्न सकिने भनेपछि मैले सोही अनुसार जनतालाई भनेकी हु ।’

attariya hospital

उनले पहिले जनतालाई आश्वासन दिइएकाले जसरी भएपनि सो क्षेत्रमा सडक बनाउने योजना अगाडी सारिएको बताईन् । उनले सो क्षेत्रमा एडिबि अन्तरगतकै दोस्रो फेजमा काम सुरु गरिने बताईन् ।

‘एडिबि अन्तरगत अब नाली सहितको सडक निर्माण हुन्छ’ उनले भनीन् ‘यसका लागि सबै प्रक्रिया अगाडी बढिरहेको छ । म त्यतिकै बोल्दीन । काम अगाडी बढ्ने निश्चित भएपछि म बोलेकी हु ।’ उनले हाल निर्माण भईरहेको क्षेत्रमा ८÷१० घर मात्रै पर्ने तर, गाउँबाट सडक बनाएमा ३/४ सय घरधुरी लाभान्वित हुने बताइन् ।

दोस्रो फेजमा स्थानियका माग पुरा हुने

क्षेत्रिय सहरी विकास आयोजना धनगढी कार्यालयका इन्जिनियर द्रोण कटुवालले पनि दोस्रो फेजमा स्थानियका माग पुरा हुने बताए । उनले पहिलो फेजमा दुवै बाटोको सर्भे भएपनि हाल निर्माण जारी रहेको बाटो छोटो भएकाले त्यताबाट काम सुरु गरिएको बताए ।

‘सर्भे गर्दा अर्को टोलीले गरेको थियो । काठमाण्डौंमा डिजाइन गर्दा अर्को टोलिले डिजाइन गरेको हुन्छ’ उनले भने ‘यो सडक हालको क्षेत्रमा लगिनुको कारण सडक छोटो र लागत कम हुने भएकाले हो ।’

उनले दोस्रो फेजको लागि स्थानियको माग सम्बोधन हुने गरी तयारी गरिरहेकाले स्थानियलाई ढुक्क हुन आग्रह गरे । उनले दोस्रो फेजका लागि गोदावरीमा ५ किलोमिटर सडक आउने बताए ।

माग पुरा नभए पुनः अवरोध गर्ने चेतावनी

स्थानियले सुरुमा आफूहरुको गाउँ भएरै सडक निर्माण गरिने गरी सर्भे गरिए पनि पछि एकाएक खेतबाट सडक निर्माण सुरु गरिएको दाबी गर्दै आएका छन ।

उनीहरुले बस्ती नै नभएको क्षेत्रबाट जमिन्दारलाई लाभ हुने गरी सडक निर्माण गरिएको भन्दै सो क्षेत्रमा निर्माण कार्यमा अबरोध समेत गरेका थिए । तर, सोमबार पाएको आश्वासन पछि भने स्थानियले सडकको निर्माणमा अवरोध नगर्ने जनाएका छन ।

स्थानिय लक्ष्मण भट्टले राज्यमन्त्री सहित आएर आश्वासन दिएपछि आफूहरुमा सडक बन्ने आशा जागेको बताए । ‘हामीले पटक पटक बिभिन्न ठाउँमा माग राखे पनि विश्वस्त हुने गरी जवाफ पाएका थिएनौ’ उनले भने ‘अहिले १३ सय मिटर छुट्टै सडक आफ्नो टोलबाट बन्ने भनेपछि तत्कालका लागि विरोधका कार्यक्रम स्थगित गरेका छौ ।’

स्थानिय मनिलाला भट्टले सडक बन्ने प्रतिवद्धता गरेपछि २/४ महिनाका लागी आन्दोलनका कार्यक्रम रोकेको बताए । ‘फागुन सम्मका लागि हामीले समय दिएका छौ’ उनले भने ‘त्यसपछि पनि काम भएन भने हामी पुनः एडिबिको सडक निर्माण कार्य पुरै अवरोध गर्छौ ।’

स्थानिय पुर्ण बहादुर चन्दले भौतिक पुर्वाधार राज्यमन्त्री लगायत सम्बन्धित कार्यालयबाट नै हाकीमहरु आएर आफूहरुलाई आश्वासन दिएपछि आन्दोलनका कार्यक्रम रोकेको बताए । उनले नाली सहितको सडक निर्माणको काम तुरुन्तै सुरु नभए हाल निर्माण भइरहेको सडकको काम रोक्ने बताए ।

उनले मौखिक रुपमा माग पुरा गर्ने आश्वासन पाएको बताए । स्थानियले सडक गाउँबाट लगिनु पर्ने भन्दै लामो समय देखि बिरोधका कार्यक्रम गर्दै आएका थिए ।

उनीहरुले कार्तिक २६ गते माग पुरा गराउन माग गर्दै गोदावरी नगरपालिका कार्यालय अगाडी बिरोध ¥याली समेत निकालेका थिए । एडीबीको सहुलियत ऋण लगानीमा गोदावरीमा हाल ६ वटा सडक निर्माणाधिन अवस्थामा छन ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.