चुरेको शुक्र विद्यालय भवन जोखिममा, विद्यार्थी अनुपातमा कक्षाकोठा नहुँदा पठनपाठनमा समस्या

अत्तरिया – कैलालीको चुरे गाउँपालिका – ५ खानीडाँडामा रहेको शुक्र माध्यमिक विद्यालयका भवन पहिरोको जोखिममा परेका छन । कार्तिक पहिलो साता आएको भिषण बर्षा संगै आएको पहिरोले विध्यालनको प्राङ्गण धासिएपछि विद्यालय २ वटा भवन जोखिममा परेका हुन ।

maya metro hospital

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण सापकोटाले विद्यालयको तल रहेको खोलाले कटान गरेपनि खेल मैदान र विद्यालय भवन पछाडीको भाग धसेको बताए । उनले भीरालो क्षेत्रमा भएको विद्यालयको तलबाट वाल हालिएको भएपनि त्यो अधुरो रहेकाले समस्या बल्झिएको बताए ।

citizen security services

स्थानिय समाजसेवी सुरेन्द्र कठायतले विद्यालयका २ भवन र शौचालय बढी जोखिममा रहेको बताए । उनले विद्यालय भवनमा क्षति हुनबाट जोगाउन तत्काल वाल हाल्न आवश्यक रहेको बताए । ‘खोलाबाट वाल हाल्न सकियो भने विद्यालय भवन जोगाउन सकिन्छ’ उनले भने ‘यसका लागि ठूलो रकमको आवश्यक पर्ने भएकाले प्रदेश सरकारबाटै सहयोग गर्न आवश्यक छ ।’ ४ वटा विद्यालय भवन रहेको उक्त विद्यालयका २ वटा भवन जमिन धासिएर जोखिममा परेका छन ।

 

attariya hospital

विद्यार्थी अनुपातमा कक्षाकोठाको अभाव

विद्यालय अभिभावक संघका अध्यक्ष कृष्ण सापकोटाले विद्यार्थी अनुपातमा विद्यालय कक्षाकोठाको समेत अभाव रहेको बताए । उनले ७ सय ५० जना विद्यार्थी रहेकोमा भवन भने सो अनुपातमा कक्षाकोठा नभएको बताए । उनले शौचालयको पनि समस्या भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले चुरे गाउँपालिकाको सबैभन्दा बढी विद्यार्थी संख्या भएको विद्यालय भएपनि कक्षाकोठाको अभावमा पढाउन समस्या भएको बताए । ‘१२ कोठा मात्रै छन । ति मध्ये पनि ४ वटा भवनका कोठा निकै साना छन । जसमा ३० जना विद्यार्थी पनि अटाउँदैनन’ उनले भने ‘विद्यालय आउने बाटोको पनि समस्या छ । शौचालनको पनि समस्या छ । खेल मैदान पनि छैन ।’

उनले केही दिन अगाडी प्रदेश सरकार मार्फत ४ कोठे विद्यालय भवन बनाएको भएपनि त्यसले मात्रै समस्या सामाधान नहुने अवस्था रहेको बताए । उनले विद्यायमा कोठा अभाव हुँदा कोचाकोच गरेर विद्यार्थीलाई पढाउनु पर्ने अवस्था रहेको बताए ।

राज्यमन्त्रीद्धारा अनुगमन

यसैबिच पहिरोको जोखिममा परेको विद्यालय भवनको सुदूरपश्चिम प्रदेश सरकारकी भैतिक पुर्वाधार राज्य मन्त्री चुनकुमारी चौधरीले अवलोकन गरेकी छिन ।

उनले जोखिममा परेको भवनको अवलोकन गर्दै जोखिममा परेको भवनलाई जोगाउनका लागि आफूले सक्दो पहल गर्ने बनाईन् । उनले प्रदेश सरकारले सैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।

‘प्रदेश सरकारले गत आर्थिक बर्षमा यस विद्यालयमा ४ कोठे विद्यालय भवन हालेको थियो’ उनले भनीन ‘आगामी दिनमा पनि यस विद्यालयलाई पर्ने आवश्यक सहयोग गर्न म पहल गर्छु ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.