खाेज्नुहाेस

कांग्रेस कैलाली क्षेत्र नम्बर – ४ का केन्द्रिय महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक (विवरण सहित)

Image

अत्तरिया – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ का केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक गरिएको छ ।

बिहिबार मतदान अधिकृत मदन बहादुर बमले निर्वाचनबाट निर्वाचित भएका २४ जना केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक गरेका हुन ।

attariya hospital
navjiwan hospital

यही मंसिर ६ गते भएको निर्वाचनमा केन्द्रिय महाधिवेशन प्रतिनिधीका लागी दुई प्यानलबाट ५० जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये २४ जना निर्वाचित भएको र समान मत आएका ३ जनामध्ये १ जना गोलाप्रथाबाट छनौट हुने मतदान अधिकृत बमले बताए ।

निर्वाचनबाट समान २५७ मत प्राप्त गरेका रामचन्द्र ओझा, पदमराज जोशी र सुरत बहादुर कार्कीमध्ये १ जनालाई केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागी गोलाप्रथाबाट छनौट गरिने मतदान अधिकृत बमले बताए ।

मतगणना ७ गते सम्पन्न भएपनि विवादका कारण निर्वाचित उम्मेदवारहरुको नाम सार्वजनिक हुन सकेको थिएन । क्षेत्र नम्बर ४ मा कुल ५ सय ४३ मत खसेको थियो ।

निर्वाचित भएका केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुको नाम तपसिल बमोजिम रहेको छ । (मतसहित)
१. सुनिल कुमार भण्डारी : ३०६ मत
२. बिरेन्द्र भट्ट : ३०१ मत
३. उत्तम बहादुर कठायत : २९० मत
४. गोपाल बहादुर देउवा : २७९ मत
५. टेकराज जोशी : २८७ मत
६. राम बहादुर कलेल : २७० मत
७. धुव्र भट्टराई : २५८ मत
८. प्रकाश बहादुर देउवा : २६५ मत
९. प्रकाश बहादुर बम : २५८ मत
केन्दिय महाधिवेशन प्रतिनिधि महिला खुल्लाबाट निर्वाचित पदाधिकारी
१. तुलसी देवकोटा : २८१ मत
२. भगवती ओझा पाठक : २७९ मत
३. कमला कुमारी शर्मा जोशी : २८५ मत
४. ईश्वरी कठायत बिष्ट : २६३ मत
खस आर्य पुरुषबाट निर्वाचित पदाधिकारी
१. भीम प्रशाद गौतम : २६२ मत
२. यज्ञ बहादुर महरा : २५२ मत
३. शेर बहादुर देउवा : २४७ मत
खस आर्य महिलाबाट निर्वाचित पदाधिकारी
१. ईश्वरी रावल : २६५ मत
२. बसन्ती ओझा : २४९ मत
केन्दिय महाधिवेशन प्रतिनिधि आदिवासी जनजातीबाट निर्वाचित पदाधिकारी
१. धना देवी थापा : २६७ मत
दलित पुरुषबाट निर्वाचित पदाधिकारी
१. रमेश ताम्राकार : २५६ मत
दलित महिलाबाट निर्वाचित पदाधिकारी
१. चन्द्रा देवी भुल : २५२ मत
थारु पुरुषबाट निर्वाचित पदाधिकारी
१. यज्ञ राज चौधरी : २९३ मत
थारु महिलाबाट निर्वाचित पदाधिकारी
१. बिदेशनी देवी चौधरी : २७३ मत
मधेशी/मुस्लीम/अपाङ्गबाट निर्वाचित पदाधिकारी
१. राजु भट्टराई : २५२ मत