अत्तरिया – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ को मतगणनाको नतिजालाई लिएर विवाद भएको छ । सोमबार भएको मतदानको मत गणना गर्ने क्रममा अन्तिम समयमा आएर विवाद उत्पन्न भएको हो । विवाद भएपछि अहिले मतगणना भएको अत्तरियाको प्रतिभा पुस्तकालय क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
क्षेत्रिय कार्यसमितिको निर्वाचनमा सभापतिमा निर्वाचित बसन्त रोकाया प्यानल बिजयी भएपनि महाधिवेशन प्रतिनिधिको चुनावमा भने केही प्रतिनिधिहरु बिच कडा प्रतिप्रर्धा भइरहेको थियो ।

महाधिवेशन प्रतिनिधिमा पुरुष खुल्लाबाट ९ जना निर्वाचित भएपनि ३ पदाधिकारीको समान २५७/२५७ मत आएपछि मतगणनामा त्रुटि भएको भन्दै विवाद सुरु भएको थियो ।

महाधिवेशन प्रतिनिधिमा पुरुष खुल्लाबाट १० जना निर्वाचित गर्न चुनाव गरिएको थियो ।श्रोतका अनुसार निर्वाचित ९ मध्ये २ जनाको पनि समान २५८/२५८ मत आएपछि सबैको पुन: मतगणना हुनेपर्ने माग उठेको छ ।
कैलाली क्षेत्र नम्बर ४ बाट २५ जना केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि ५० जना चुनावी मैदानमा उत्रिएका थिए । अन्य पदाधिकारीको मतगणनामा विवाद नदेखिएपनि पुरुष खुल्ला पदमा विवाद श्रीजना भएको हो ।
अहिले विवाद मिलाउने बारेमा दुइ पक्षबिच छलफल भइरहेको छ । इप्रका मालाखेतीका इन्स्पेक्टर दान ब रोकायाले विवाद मिलाउन अहिले दुवै पक्ष छलफल गरिरहेको बताए । उनले मत गणना भएको पेटि प्रहरीले सुरक्षित राखेको बताए ।
सम्बन्धित समाचार : कांग्रेस कैलाली – ४ को क्षेत्रिय कार्यसमितिमा रोकाया प्यानलको ‘क्लिन स्वीप’



















