खाेज्नुहाेस

कांग्रेस कैलाली – ४ को क्षेत्रिय कार्यसमितिमा रोकाया प्यानलको ‘क्लिन स्वीप’

Image

अत्तरिया – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रिय कार्यसमिति सभापतिमा बसन्त रोकाया प्यानलले ‘क्लिन स्वीप’ गरेको छ । सोमबार भएको निर्वाचनमा प्रतिद्धन्दी दिनेश जोशी प्यानललाई पराजित गर्दै रोकाया प्यानल सहित निर्वाचित भएका हुन ।

क्षेत्रिय सभापतिमा निर्वाचित रोकायाले २७९ मत पाएका थिए भने उनका प्रतिद्धन्दी जोशीले २३१ मत पाएका छन ।

attariya hospital

यसैबिच क्षेत्रिय कार्यसमिति सचिवमा रोकाया प्यानलका बिष्णु भाट र जयराज फुलारा विजयी भएका छन । भाट २८४ मत ल्याउँदै विजयी भएका हुन भने फुलाराले २७२ मत ल्याएका थिए । उनीहरुका प्रतिद्धन्दी पुनम कार्की र तिर्थराज जोशीले क्रमशः २२२ र २०८ मत पाएका छन ।

यस्तै क्षेत्रीय कार्यसमिति सह सचिव पदमा करुणाकर भट्ट २६२ मत र राम दुलार चौधरी २७४ मत ल्याउँदै विजयी भएका छन । उनका प्रतिद्धन्दी शेर बहादुर घर्ती मगर र गोविन्द ढकालले क्रमशः २४३ र २१६ मत ल्याएका छन ।

navjiwan hospital

क्षेत्रिय कार्यसमिति खुल्ला पुरुष सदस्यमा नरेन्द्र राज भट्राई २७२, टेक बहादुर मन्नी २७०, नन्द राम खड्का २६३ मत ल्याउँदै निर्वाचित भएका छन ।

यस्तै खुल्ला महिला सदस्यमा जानकी देवि पाठक २६० मत ल्याएर बिजयी भएकी छन ।

क्षेत्रिय कार्यसमिति प्रदेश सभा ‘क’ खुल्ला पुरुष सदस्यमा शंकर धामी २७६, लोकेन्द्र ऐर २६३, प्रदेश सभा ‘क’ खुला महिला सदस्य पदमा रत्ना बम कलेल २८८ प्रदेश सभा ‘ख’ खुला पुरष सदस्यमा यज्ञराज जोशी २८३, प्रताप सिह कडायत २६४ क्षेत्रिय कार्यसमिति प्रदेश सभा ‘ख’ खुला महिला सदस्यमा शारदा देवी भट्ट २६८ मत ल्याउँदै निर्वाचित भएका छन ।

त्यस्तै क्षेत्रिय कार्यसमिति खस आर्य खुल्ला पुरुष सदस्यमा नरेश बहादुर अधिकारी २८०, बालकृष्ण सापकोटा २६८ मत ल्याउँदै निर्वाचित भएका छन । खुल्ला महिला सदस्यमा सकुन्तला कुमारी पाण्डेय २६३, दलित सदस्यमा बन्दना सुनार २६२ थारु सदस्यमा जगतराम चौधरी २७३, जनजाती सदस्यमा कुमार थापा सुर्जा २५६ मधेशी/मुस्लिम/अपाङ्ग सदस्यमा खडक बहादुर दमाई २५६ मत ल्याइ निर्वाचित भएको मतदान अधिकृत मदन बहादुर बमले बताए ।

५ सय ४९ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ५ सय ४३ मत खसेको थियो ।

सम्बन्धित समाचार : जेष्ठ नागरिकको सुझाव लिई युवा जोशका साथ कांग्रेस पार्टीलाई अगाडी बढाउने छु : रोकाया