
अत्तरिया – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत जिल्ला कार्यसमिति सदस्यका लागि कैलालीको गोदावरी नगरपालिकाबाट प्रेम राज भट्टले उम्मेदवारी घोषणा गरेका छन ।
भट्टले खुल्ला प्रतिस्पर्धाबाट जिल्ला सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाल विद्यार्थी संघबाट २०६४ देखि राजनीतिक यात्रा सुरु गरेका भट्ट हाल नेपाल विद्यार्थी संघ कैलालीका जिल्ला सदस्य समेत रहेका छन ।
उनले २०७४ सालमा भएको स्थानिय चुनावमा पनि वडा सदस्य पदका लागि कांग्रेसबाट उम्मेद्वारी दिएका थिए ।
व्यवसायिक कृषि गर्दै आएका भट्ट नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन ।
नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन मंसिर १० गते हुँदै छ । जिल्ला कार्यसमितिमा सभापति एक, उपसभापति दुई, सचिव दुई, सहसचिव दुई गरी सात जना निर्वाचित हुने छन ।
जिल्ला कार्यसमिति सदस्यका लागि भने हरेक नगरपालिकाबाट दुई पुरुष र एक महिला चयन गरिन्छ । त्यस्तै गाउँपालिकाबाट एक महिला र एक पुरुष जिल्ला कार्यसमिति सदस्य रहने प्रावधान रहेको छ ।
त्यस्तै सदस्यमै दुईतिहाइ संख्या समावेशी र अपांग, अल्पसंख्यकबाट छुट्टै प्रतिनिधित्व गरिने कांग्रेसको विधानमा उल्लेख छ ।




















