अत्तरिया – नेकपा माओवादी केन्द्रले गोदावरीका १२ वटै वडामा शनिबार वडा सम्मेलन सम्मन्न गरेको छ । देशैभरी एकै दिन वडा सम्मेलन गर्ने कार्यक्रम अन्तरगत आज नगरका १२ वटै वडामा सम्मेलन सम्पन्न भएको हो ।
जसमध्ये ९ वडामा आजै बन्द सत्र पनि सम्पन्न भएर नेतृत्व समेत चयन गरिएको छ, भने ३ वडामा बन्द सत्र हुन बाँकी रहेको नेकपा माओवादी केन्द्र गोदावरी नगर कमिटि संयोजक धर्म सिह कुँवरले जानकारी दिए ।उनका अनुसार ९ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।

जसमा वडा नम्बर १ को अध्यक्षमा कासी बिष्ट, उपाध्यक्षमा महेश विष्ट, सचिवमा बिमल चौधरी, सह सचिवमा भक्त बलायर र कोषध्यक्षमा संकेत फुलारा चयन भएका छन ।
वडा नम्बर २ को अध्यक्षमा अर्जुन बोहरा, उपाध्यक्षमा शेर बहादुर मलासी, सचिवमा जंग बहादुर साउँद, सह सचिवमा दमियाल चौधरी र कोषाध्यक्षमा लक्ष्मी बोहरा (खडायत) चयन भएका छन ।
वडा नम्बर ३ को अध्यक्षमा गगत चुनारा, उपाध्यक्षमा सुनेराम बिक, सचिवमा महेश बिष्ट, सह सचिवमा रिता खड्का र कोषाध्यक्षमा चक्र कडारा चयन भएका छन ।

त्यस्तै वडा नम्बर ४ को अध्यक्षमा मनोहर कुँवर, उपाध्यक्षमा नरेश सिह, सचिवमा डम्बर ऐर, सह सचिवमा राज वहादुर बिष्ट र कोषाध्यक्षमा यशोदा साउँद चयन भएका छन ।
वडा नम्बर ५ को अध्यक्षमा अमृता चौधरी, उपाध्यक्षमा रमेश राना, सचिवमा चन्द्रकान्त भट्ट, सह सचिवमा नबिन भट्टराई र कोषाध्यक्षमा प्रदेशनी चौधरी चयन भएका छन ।
वडा नम्बर ६ को अध्यक्षमा कृष्ण खड्का, उपाध्यक्षमा जहरी साउँद, सचिवमा मदन भट्ट, सह सचिवमा शालीमान कामी र कोषध्यक्षमा बना गोतामे चयन भएका छन ।
वडा नम्बर ७ को अध्यक्षमा कृष्ण नेपाली, उपाध्यक्षमा तुलसी धामी, सचिवमा बिशु राम चौधरी, सह सचिवमा रबिन चौधरी र कोषध्यक्षमा राधा देवी लुुहार चयन भएका छन ।
वडा नम्बर ८ को अध्यक्षमा राम प्रसाद चौधरी (सम्मान), उपाध्यक्षमा तेलुराम चौधरी, सचिवमा अर्जुन भट्ट, सह सचिवमा महामती नेपाली र कोषाध्यक्षमा भागरथी चौधरी चयन भएका छन ।
नगर संयोजक कुँवरले बाँकी वडामा अर्को दिन बन्द सत्र गरेर नेतृत्व टुङ्ग्यिाइने बताए ।
माओवादीको मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

















