अत्तरिया – सुदूरपश्चिम प्रदेशमा सोमबार थप २३ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ९ सय ६८ नमूनाको कोरोना परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन बिधिबाट ८ सय ७९ नमूनाको कोरोना परिक्षण गर्दा ४ र पीसीआर बिधिबाट ८९ नमूनाको कोरोना परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका – ५ का ७८ बर्षीय १ पुरुष रहेका छन । उनको भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको हो ।
यो संगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा ६ जनाले कोरोना जितेका छन ।

















