अत्तरिया – नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ मा पनि मतदान सम्पन्न भएको छ ।

क्रियाशिल सदस्यता विवादका कारण शनिबार हुनुपर्ने मतदान उक्त वडामा आईतबार भएको हो ।

कुल २ सय ५३ क्रियाशिल सदस्य रहेको उक्त वडामा २ सय ३७ मत खसेको वडा निर्वाचन अधिकृत रतन कार्कीले जानकारी दिए ।
अन्य वडामा शनिबार मतदान भएपनि उक्त वडामा सदस्यता विवादका कारण मतदान हुन सकेको थिएन । मतपेटिका सिल भैसकेको र केही समयमै मतगणना सुरु हुने निर्वाचन अधिकृत कार्कीले बताए ।


















