अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन बिधिबाट १ हजार ७६ नमूनाको कोरोना जाँच गर्दा १ जना र पीसीआर बिधिबाट ६ नमूनाको कोरोना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ८ सय ९० पुगेको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमित निको भएका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ८ सय ८६ पुगेको छ ।
हाल प्रदेशका बिभिन्न अस्पतालमा ६ कोरोनास संक्रमित उपचाररत रहेका छन । जसमध्ये सेती प्रादेशिक अस्पतालमा ४ जना महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा १/१ कोरोना संक्रमित उपचाररत रहेका छन ।



















