धनगढी – कैलालीमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का प्रकाश ऐरले चलाइरहेको सु.प.प्र. ०१००९ प १०१२ नम्बरको मोटरसाइकलमा एक्कासी आगलागी भएको हो ।

धनगढी–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत राजपुर चोक नजिक आगलागी भएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

पेट्रोल पम्पबाट इन्धन भरेर घर फर्किने क्रमममा मोटरसाइकलमा आफैं आगलागी भएको उनले बताए ।


















