खाेज्नुहाेस

कांग्रेस वडा अधिवेशन : गोदावरीका अधिकांस वडामा २ प्यानल बिच प्रतिस्पर्धा हुँदै

Image

अत्तरिया – वडा अधिवेशनका लागि कैलालीको गोदावरी नगरपालिकाका अधिकांस वडामा २ प्यानल प्रतिस्पर्धामा उभिएका छन । कांग्रेसको वडा समिति चयनका लागि २ प्यानल चुनावी प्रतिस्पर्धामा उभिएपछि अधिकांस वडामा चुनाव हुने देखिएको छ ।

गोदावरीको वडा नम्बर १ मा डण्डी राज भट्ट र शिव राज जोशी वडा सभापतिका लागि प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन । त्यस्तै वडा नम्बर २ मा सभापतिका लागि प्यानल सहित विश्व नाथ ओझा र धन राज जोशी प्रतिस्पर्धामा उत्रिएका छन ।

attariya hospital

वडा नम्बर ३ मा सभापति पदका लागि नन्द लाल जोशीको नाममा सहमती भएकाले चुनाव नहुने जनाईको छ । वडामा पुरै प्यानल सहमतिकै आधारमा चयन गरिएको छ ।

वडा नम्बर ४ मा भने चुनाव हुने भएको छ । वडामा सभापति पदका लागि प्यानल सहित शालीभान रावल र शोवान सिह मल्ल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । वडा नम्बर ५ मा प्यानल सहित सिद्ध राज भट्ट र मोहन सिह मडै बिच चुनावी प्रतिस्पर्धामा हुने भएको छ ।
वडा नम्बर ६ मा मान बहादुर बिष्ट र शंकर खड्का प्यानल सहित सभापति पदका लागि चुनावि मैदानमा उत्रिएका छन ।

navjiwan hospital

वडा नम्बर ७ मा भने वडा सभापतिका लागि चुनाव नहुने कांग्रेस वडा सभापति हेम राज ओझाले बताए । उनले आगामी वडा सभापतिका लागि टिकाराम बमको नाम निर्बिरोध रहेको बताए । ‘एक जना क्षेत्रिय प्रतिनिधिका लागि सहमति हुन बाँकी छ’ उनले भने ‘बाँकी सबै सर्वसम्मतबाट चयन भइसकेका छन ।’

यस्तै वडा नम्बर ८ मा पनि टेक बहादुर देउवाको नाममा सहमति जुटेको काग्रेस नेता नरेश अधिकारीले बताए । उनले वडा समिति नै सर्वसहमतिमा चयन गरिएको बताए । देउवा यसअघि पनि वडा सभापति रहेका थिए ।

वडा नम्बर ९ मा जय भाट र मेघ नाथ राना प्यानल सहित चुनावि प्रतिस्पर्धामा उभिएका छन । वडा नम्बर १० मा सभापति पदका लागि देव सिह टमटा र भोज राज भाट प्रतिस्पर्धा गर्न चुनावी मैदानमा उत्रिएका छन भने वडा नम्बर ११ मा गणेश खड्का र कुमार सिह बडैला चुनावि मैदानमा छन ।

त्यस्तै वडा नम्बर १२ मा उजिर सिह बडैला र कैलाश विक प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन ।

सममति भएका वडा बाहेकका वडा शनिबार चुनाव हुने कांग्रेस गोदावरी नगरपालिकाका सचिव तेज खड्काले बताए । उनले वडा नम्बर ६ मा भने विवाद भएकाले अझै चुनाव हुने टुङ्गो नलागेको बताए ।

सबन्धित समाचार : गोदावरी – ६ मा पुनः उब्जियो कांग्रेसको क्रियाशिल सदस्यता विवाद