खाेज्नुहाेस

गोदावरी – ६ मा पुनः उब्जियो कांग्रेसको क्रियाशिल सदस्यता विवाद

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ मा पुनः कांग्रेसको क्रियाशिल सदस्यता विवाद उब्जेको छ । वडा अधिवेशनको मनोनय गर्ने समय सकिने बेलामा केन्द्रबाट आएको क्रियाशिल सदस्यताको नाममा मनोमानी रुपमा थप व्यक्तिहरुको नाम समावेश गरिएको भन्दै विवाद सिर्जना भएको हो ।

केन्द्रबाट वडामा २ सय ३७ जना क्रियाशिल सदस्यको नामावली आएपनि १६ जना नयाँ सदस्यहरु नामावलीमा समावेश गरिएको स्थानिय नेता जयराज फुलाराले बताए । उनले निर्वाचन अधिकृतका रुपमा आएका रतन कार्कीले आफ्नो मनोमानी रुपमा उक्त सदस्यहरुको नाम समावेश गरेको बताए ।

attariya hospital
navjiwan hospital

यता निर्वाचन अधिकृत रतन कार्कीले आफुले जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त भएको सदस्यहरुको नाम मात्रै समावेश गरेको बताए । ‘जिल्लाबाट नविकरण र नयाँ सदस्य भनेर दुई वटा लिस्ट आएको छ’ उनले भने ‘विवाद भएको नयाँ सदस्यहरुको नामावली पनि जिल्लाबाट नै आएको हो ।’

उनले आफुले कुनै पनि नयाँ सदस्यहरुलाई मतदाता लिस्टमा समावेश नगरेको बताए । उनले विवाद समाधानका लागि दुवै पक्ष बसेका र छलफलबाट विवाद समाधान भएमात्रै वडाको निर्वाचन हुने बताए ।

यसअघि कैलालीमा कृयाशिल सदस्यता विवादका कारण निर्धारित समयमा वडा अधिवेशन हुन सकेको थिए । जिल्लामा भोली देखि वडाअधिवेशन सुरु हुँदैछ ।