अत्तरिया – सेतीमा गरिएको कोरोना परिक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १२ नमूनाको कोरोना परिक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबिच पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।

हाल सेतीमा ५ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ जनाको आइसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


















