खाेज्नुहाेस

गोदावरीमा रातारात एडिबीको सडक अर्कै ठाउँमा सारिएको भन्दै बिरोध

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा – ६ बहेडामा निर्माणाधिन सडक रातारात सर्वे गरिएको ठाउँभन्दा अर्कै ठाउँमा सारिएको भन्दै विरोध गरिएको छ । बडेहा गाउँको पश्चिम कटान क्षेत्रमा निर्माण गर्ने भनिएको करिब १३ सय मिटर सडक सारेर खेतमा लगिएको भन्दै स्थानियले बिरोध गरेका हुन ।

एशियाली विकास बैंक (एडिबी) को सहयोगमा क्षेत्रिय सहरी विकास आयोजना धनगढी अन्तरगत निर्माण भइरहेको गेटा आँखा अस्पताल देखि लालपुर जोड्ने उक्त सडक मिलेमतोमा पुरानो ठाउँबाट सारेर जमिन्दारको खेतमा लगेको स्थानियले आरोप लगाएका छन ।

attariya hospital

स्थानिय मनिलाल भट्टले सडक गाउँतिर सर्भे गरेर त्यसपछि रातारात आफूखुसि खेतमा लगिएको बताए । ‘यसको बिरोधमा हामी सडकमा आउन बाध्य भएका छौ’ उनले भने ‘यो सामान्य कुरा होईन् । नेताहरुले आ–आफ्नै तरिकाबाट चलखेल गरेर रोड खेतमा हालका छन ।’

उनले यसअघि एडिबीको सडक आफूहरुको गाउँकै बाटो भएर निर्माण गर्ने भनेर सडकको दायाँ–बायाँ पिल्लर समेत गाढेको बताए । ‘अहिले एक्कासी आएर त्यो रोडलाई लथालिङ्ग छोडेर खेतमा बाटो लगिएको छ’ उनले भने ‘हाम्रो माग जहाँ बस्ती छ त्यो ठाउँमा रोड बन्नु पर्छ भन्ने हो । अहिले खेतमा खोलिएको रोडमा नाली निर्माण गरिएको छ । हामीले त्यो काम रोकेका छौ ।’

navjiwan hospital

स्थानिय पुर्ण बहादुर चन्दले एडिबीको सडक बनाउने भनेर सर्बे गरेको ठाउँमा काम छोडेर नयाँ ठाउँमा बाटो बनाइदा आफूहरुले आन्दोलनको थालनी गरेको बताए । उनले मागको सुनवाई नभए सशक्त रुपमा आन्दोलन गर्ने बताए । यस्तै स्थानिय रतन नेपालीले पहिले आफूहरुकै गाउँको बाटोमा एडिबीको सडक बन्ने भनिएपनि अहिले सडयन्त्र गरेर अर्को ठाउँमा बाटो लगिएको बताए ।

स्थानिय काली आउजीले एडिबीको सडक बन्ने भनेपछि आफ्नो गाउँमा बाटो बनाउन जग्गा दिएको बताईन् । ‘अहिले आएर खेतमा बाटो लगिएको छ’ उनले भनीन् ‘जमिन्दारहरुले आफ्नो जग्गाको भाउ बढाउनको लागि रोड लगेका छन । त्यसैले यसको विरोदमा आफूहरु लागेका छौ ।’ स्थानियले बिहिबार गोदावरी नगरपालिका कार्यालय अगाडी बिरोध -याली निकालेका थिए । उता नगरप्रमुख भने काठमाण्डौं गएकाले यस विषयमा छलफल हुन नसकेको विरोध कार्यक्रममा सहभागि मनिलाल भट्ट बताए ।

सडक निर्माण कम्पनीका ठेकेदार डम्बर चन्दले सहरी विकास कार्यालयले दिएको ड्रोइङ डिजाइन अनुसार काम गरिरहेको बताए । उनले विवाद हुँदा सो क्षेत्रमा ४ महिना पछि विहिबार देखि काम सुरु गरिएको भएपनि पुनः स्थानिय बिरोध गरेपछि काम रोकिएको बताए ।

गोदावरी नगरपालिकाका इन्जिनीयर सरोज रोकायाले भने गाउँको बाटोबाट सडक निर्माण गर्दा लामो पर्ने भएकाले खेतबाट बाटो लगिएको बताए । ‘बाटो सटकर्ट बनाउँदा खेरी गाउँ छुटेको रैछ । गाउँबाट बाटो लग्दा १३ सय मिटर हुन्छ भने खेतबाट बाटो लग्दा ६ सय मिटर हुन्छ’ उनले भने ‘यो बिरोध आएको ७÷८ महिना अगाडी देखि हो ।’

उनले स्थानियको माग सम्बोधनका लागि अहिले सेकेन्ड फेजको लागि आएको एडिबीकै ५ किलोमिटर बाटोलाई त्यो गाउँमा हाल्ने भन्ने कुरा आएको बताए । उनले बाटो खेतबाट पनि जाने र गाउँबाट पनि बन्ने भएकाले अब सो ठाउँमा रिङ्गरोड जस्तै बन्ने बताए । एडीबीको सहुलियत ऋण लगानीमा गोदावरीमा हाल ६ वटा सडक निर्माणाधिन अवस्थामा छन ।