अत्तरिया – कैलालीको लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा हत्या गरिएको स्थल टिकापुरको –१ स्थित सिद्धार्थ होटल नजिकै खुकुरी बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बडुवालको हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको पुष्टि गरे ।


यसैबिच प्रहरीले मंगलबार राति दुई समूहबीच भएको झडपमा बडुवाडको हत्या गरेको आंशंकामा अनुसन्धान गर्न ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेश सहित ८ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको बताए ।
यसैबिच स्थानियले बडुवालका हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दे लम्की बजारमा पर्दशन गरिरहेका छन । मृतकका आफन्ताले बुधबार बिहानै देखी कैलालीको लम्की सडक खण्ड अबरुद्ध गरेका हुन् ।
बडुवालको मृत्युपछि उनका आफन्तले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक गणेशसिंह नागरीले बताए ।

















