अत्तरिया – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गोदावरी नगरपालिकाका १ को वडा अध्यक्षमा गणेश महरा चयन भएका छन । सोमबार अत्तरियामा बसेको प्रथम वडा अधिवेसनबाट अध्यक्षमा महरा सर्वसम्मत चयन भएका हुन ।
अधिवेशनबाट १८ सदस्यीय वडा कमिटी चयन गरिएको छ । गोदावरीका अन्य वडामा वडा कमिटी चयन गरिएका भएपनि वडा नम्बर १ मा भने सहमति हुन सकेको थिएन ।


अधिवेशनबाट कमिटीको उपाध्यक्षमा राजु देवी विक, सचिवमा राजन आचर्य, उप सचिवमा गौरे भट्ट, लाल बहादुर पार्की चयन भएका छ ।
एमालेको वडा अध्यक्षमा चयन भएका भएका महराले सामाजिक संजालमा प्रतिक्रिया दिदैं पार्टीले दिएको विश्वास डगमगाउन नदिने बताएका छन । उनले लेखेका छन ‘नेकपा एमाले गोदावरी वडा नम्बर १ को वडा कमिटि अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारीको भारी बोकाउनु भएकोमा पाटीका सम्पूर्ण अग्रज नेता कमरेडहरू, पार्टीका सङ्गठित एवम् शुभचिन्तकहरू सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै यहाँहरूको विश्वासलाई डगमगाउन दिने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’




















