खाेज्नुहाेस

तिहारमा १५ करोडको माला बिक्री

Image

काठमाडौं – यस वर्षको तिहारमा १५ करोड बढीको मालाको कारोबार भएको छ । तिहारका लागि १५ करोड २० लाख ७५ हजार रुपैयाँ बराबरको माला बिक्री भएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ ।

navjiwan hospital

एशोसिएसनका अनुसार आन्तरिक बजारमा १२ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको १८ लाख १५ हजार सयपत्री माला बिक्री भएको छ । त्यसैगरी, १ करोड ६७ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ५ हजार मखमली माला आन्तरिक बजारमा बिक्री भएको छ । भने ५२ लाख ५० हजार रुपैयाँ बराबरको १५ हजार गोदावरी माला आन्तरिक बजारमा बिक्री भएको छ ।

attariya hospital

सोही अवधिमा नेपालबाट ३० लाख रुपैयाँ बराबरको १ लाख मखमली निर्यात भएको एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए । यो वर्षको तिहारका लागि आवश्यक सयपत्री फूलको बजार मागलाई परिपूर्ति गर्न सातै प्रदेश अन्तर्गत रहेको करिब ३२ जिल्लामा व्यवसायीक सयपत्री फूलको उत्पादन भएको थियो ।

प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिमाञ्चल प्रदेश अन्तर्गतका तराई तथा केहि मध्य पहाडी जिल्लाहरूमा केहि समय अगाडी आएको अविरल बर्षात र बाढीका कारण सयपत्री फूल खेतीमा असर परेको थियो ।