खाेज्नुहाेस

सल्यानमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

Image

सल्यान – सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटना परी सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

‘घटनास्थलमै पाँच जनाको मृत्यु भइसकेको छ,’ डिएसपी थापाले सेतोपाटीसँग भने, ‘उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको पनि मृत्यु भएको खबर छ ।’

attariya hospital
navjiwan hospital

थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए । ‘घाइतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पु-याउँदै छौं ।’

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर तर्फ आउँदै गरेको बिहान बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो ।

बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो । प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए ।