खाेज्नुहाेस

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

Image

जाजरकोट – बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सात जना घाइते रहेका छन्।

navjiwan hospital

एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ। दश जना सवार उक्त गाडीमा ठेगाना नखुलेका दिलबहादुर शाही, नाम नखुलेको एक शव र एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ।

attariya hospital

आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन्। घाइते धनबहादुर चालक रहेका छन्। राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ।

रासस