खाेज्नुहाेस

कैलालीबाट १४ जुवाडे पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको धनगढीबाट १४ जुवाडे पक्राउ परेका छन । प्रहरीले धनगढी उप–महानगरपालिका ७ बेली बजार स्थित कुल बहादुर चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा भारतिय रुपैयाँ १४ हजार ७ सय २० र नेपाली रुपैयाँ २५ हजार ९ सय ५० सहित १४ जना पक्राउ परेको हो ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका ७ बेली बस्ने ईश्वर चौधरी, सोही ठाउँका प्रेम चौधरी, राम निवास चौधरी, अम्मर राना, दिनेश राना, लाल चौधरी, कृष्ण प्रसाद पाण्डे, रमेश खाती क्षेत्री, माया राम चौधरी, हरी चन्द, नरेश चौधरी, आदेश चौधर, कुल चौधरी र भारत घर भएका अस्पाक खान रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital