खाेज्नुहाेस

एमाले गोदावरी – ४ को अधिवेशन सम्पन्न, अध्यक्षमा युवा नेता रोकामगर चयन

Image

अत्तरिया – नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोदावरी नगरपालिका – ४ को प्रथम अधिवेशन सम्पन्न भएको छ । आईतबार सम्पन अधिवेशनले युवा नेता रविन्द्र रोकामगरको नेतृत्वमा ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेका छ । कमिटीको उपाध्यक्षमा पुष्पराज सुवेदी, सचिवमा डम्बर बहादुर बोहरा चयन हुनु भएको छ ।

navjiwan hospital

यसैगरी अधिवेशनले उपसचिवमा दिपेन्द्र विष्ट र शान्ती चौधरीलाई चयन गरेको छ । निर्वाचन मण्डलका जिल्ला कमिटी सदस्य पुष्पराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) का केन्द्रिय सदस्य लिला भण्डारी प्रमुख अतिथी रहनु भएको थियो ।

attariya hospital

विशिष्ट अतिथीमा निवर्तमान सामाजिक विकास मन्त्रि एवम् प्रदेश सांसद कृष्णराज सुवेदी रहनुभएको थियो । यसैगरि अतिथीहरुमा जिल्ला कमिटी सदस्य गणेश साउँद, अनेरास्वियु स्थायी कमिटी सदस्य एवम् कैलाली जिल्ला ईञ्चार्ज भिष्मराज सुवेदी लगाएतका व्यक्तिहरु रहनु भएको थियो ।