खाेज्नुहाेस

काँढा नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु

Image
navjiwan hospital

अत्तरिया ,१४ कात्तिक-  कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको काँडा नदीमा नुहाउने क्रममा डुबेर भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँ बस्ने लायकराम चौधरीका १० वर्षीय छोरा अरबिन्द्र चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले स्थानीयले नदीमा नुहाउँने क्रममा डुबेर दुई बालकको मृत्यु भएको खबर गरेपछि ईलाका प्रहरी कार्यालय भजनीको टोलीले स्थानीयहको सहयोगमा उनीहरुलाई मृत अवस्थामा फेला पारेको बताए ।