खाेज्नुहाेस

कञ्चनपुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – १० टोटीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । बुधवार साँझ खेतबाट धान थ्रेसिङ गरी घर फर्कने क्रममा अन्दाजी ५५ वर्षीय श्रीराम चौधरीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

सु प प्र ०२१ त १३१४ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको थियो ।

attariya hospital
navjiwan hospital

उपचारका क्रममा राति १२ बजे चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।