
अत्तरिया – कैलालीको अत्तरियामा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला तथा भेट्रान ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । रोयल युवा क्लव अत्तरियाले दिपावलीको अवसरमा यहि कार्तिक १५ देखि १८ गते सम्म प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
बुधबार अत्तरियामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेशमा अहिलेसम्मकै ठूलो धनराशिको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिईएको छ । खेल संयोजक दिपेन्द्र अवस्थीले प्रतियोगितामा छुट्टाछुटै दुई खेल आयोजना गरिने बताए ।
‘खुल्ला ब्याटमिन्टन प्रतियोगितामा प्रदेशभरीका जुनसुकै टिमले सहभागिता जनाउन सकिने छ’ उनले भने ‘भेट्रान प्रतियोगितामा भने ४० बर्ष उमेर माथिका खेलाडीलाई मात्रै सहभागि गराइनेछ ।’ उनले भेट्रान प्रतियोगितामा सहभागिताका लागि उमेर खुल्ने कागजात अनिवार्य रहेको बताए ।
बयाटमिन्टन खेल प्रति रुचि भएका ४० बर्ष माथि उमेर समुहका खेलाडीका लागि भेट्रान प्रतियोगिताले राम्रो अवसर हुने आयोजकले जनाएको छ ।
खुल्ला ब्याटमिन्टन प्रतियोगिताको विजेता टिमले ५१ हजार पुरस्कार पाउने छ भने द्धिृतिय र तृतिय हुने टिमले क्रमश २५ हजार र ११ हजार पुरस्कार पाउने छन । त्यस्तै भेट्रान प्रतियोगितामा प्रथम हुने टिमले २१ हजार, द्धितिय हुने टिमले ११ हजार र तृतिय हुने टिमले ५ हजार १ सय पुरस्कार पाउने आयोजकले जनाएको छ ।
नमस्ते फुडल्याण्डको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले उद्घाटन गर्ने कार्यक्रम रहेको खेल संयोजक अवस्थीले बताएका छन । प्रतियोगितामा प्रदेश भरीका ६० वटा टिमको सहभागिता हुने अपेक्षा गरेको आयोजकले जनाएको छ ।
क्लवका सल्लाहकार देवराज भट्टले व्याटमिन्टल खेल प्रति आकर्षण बढ्दै गएकाले व्याटमिन्टन प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

















