खाेज्नुहाेस

प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैद

Image

धनगढी – धनगढीमा दुई प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको जनाइएको छ । जन्मकैदको फैसला सुनाइएका धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना छन् ।

attariya hospital
navjiwan hospital

यस्तै २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको कैलालीका सहायक न्यायधिवत्ता सुरबहादुर परियारले जानकरी दिए । यस्तै राजिव गुप्ताले भने सफाई पाएका छन् ।

उनीहरूलाई अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए ।

कात्तिक १ गते राति साढे १० बजे अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो ।