खाेज्नुहाेस

भिजेको धानमा बाला खोज्दै किसान

Image

अत्तरिया – कैलालीको अत्तरियाकी रामी चौधरीले कार्तिक ३१ गते बिहान अधिया खेतमा रोपेको धान काटिन । दिनभरी काटेको धान अघिल्लो दिन कुन्यु बनाउने योजना बनाएपनि राती नै पानी परेपछि पुरै धान खेतमा डुब्यो ।

‘१८ कट्टा धान काटेकै दिन पानीमा डुब्यो’ उनले भनीन् ‘धान जोगाउन पानी परेकै समयमा पनि यता उता सार्ने कोसिस ग¥यौ । केही धान उचो ठाउँमा लगरे राख्यौ । अलि धान जोगियो । धेरै धान उम्रिसकेको छ ।’ उनले बर्षातमा डुवेको धानमा अली कति धानको बाला छ की भनेर सुकाइरहेको बताईन् ।

attariya hospital

अर्का किसान लाल बहादुर चौधरीले पानीमा डुबेर धानमा क्षति पुगेको भएपनि अलिकति भए पनि दाना निस्किन्छ की भनेर सुकाइर थ्रेसिङ गर्ने तयारी गरेको बताए । ‘३ दिन पानीमै धान तैरिएको थियो । त्यसपछि अलि पानी कम भएपछि उचो भागमा धान सुकाएका थियौ’ उनले भने ‘सबै जोगाउन सकिएन् । आधा जती धान राम्रो हुन्छ की भन्ने आशा छ ।’

उनले धानबालीमा क्षति भएपनि राहतका लागि निवेदन भने नदिएको बताए । ‘वडाले क्षतिपुर्तिका लागि निवेदन माग गरेको छ भन्ने त सुनेको थिए’ उनले भने ‘गत बर्ष हावाहुरीले पशुचौपायाको क्षति हुँदा राहतका लागि वडामा गए । ३÷४ दिन धाउँदा बल्ल २÷३ हजार पाइयो । तर, त्यो भन्दा बढी खर्च भयो । त्यसैले यसपाली आवेदन दिने कि नदिने भन्ने दोधारमा छु ।’ उनले क्षतिपुर्तीको विवरण दिनका लागि प्रहरीको मुचुल्का लगायतका झन्जटिला प्रावधान राखिएकाले समस्या भएको बताए । उनले जोगिएको धान थन्क्याउने की वडामा राहतका लागि निवेदन दिन लाईन लाग्ने भन्ने चटारोमा किसान परेको बताए ।

navjiwan hospital

गोदावरी नगरपालिका – १ का अध्यक्ष शर्मानन्द भट्टले अहिले नगरपालिकाले धान बालिमा भएको क्षतिको विवरण किसानहरुको निवेदन मार्फत संकलन गरिरहेको बताए ।

उनले वडा नम्बर १ मा हालसम्म करिब २ सय ५० जना किसानले धानबालीमा क्षति भएको भन्दै निवेदन पेस गरेको बताए । नगरपालिकाका प्रवस्ता समेत रहेका भट्टले किसानहरु निवेदन दिन आउने क्रम जारी रहेकाले २/३ दिन अझै निवेदन संकलन गरेर कृषि ज्ञान केन्द्र कञ्चनपुरमा बुझाइने बताए ।

वडा नम्बर ११ का वडा अध्यक्ष शिव बहादुर विकले वडामा भएको धानको क्षतिका वारेमा स्थलगत अवलोकन गरेर किसानहरुको लगत संकलन गरिरहेको बताए । उनले मंगलबार सम्ममा ३ सय किसानले वडा कार्यालयमा आएर धान बालिमा क्षति भएको निवेदन दिएको बताए ।

नगरपालिकाको कृषि शाखा प्रमुख बाशुदेव भट्टराईले नगरपालिकामा तथ्याङ्क संकलनको काम जारी रहेकाले अहिले नै कति क्षति भयो भन्ने बारेमा भन्न नसकिने बताए ।

उनले नगरका १२ वटै वडाहरुमा किसानहरुले विवरण संकलन भइरहेको र अन्त्यमा वडाको सिफारिसमा वडागत वितरण आउने बताए । ‘वडाहरुमा क्षतिको विवरण बुझाउने किसानको भिड लागेको छ’ उनले भने ‘प्रहरीको मुचुल्का सहित सबै वडाहरुमा किसानहरुले तथ्याङ बुझाइरहेका छन । अबको २/३ दिनमा सबै वडाहरुको वितरण आउन्छ होला ।’