खाेज्नुहाेस

सुदूरपश्चिम बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या ३५ पुग्यो

Image

धनगढी – सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी शनिबार बेलुकीसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको हो ।

navjiwan hospital

बाढीपहिरोमा परी बझाङमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । त्यसै डोटीमा १६ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरीका अनुसार बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र कैलालीमा १÷१ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

attariya hospital

प्रदेशमा हालसम्म २३ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा १÷१ छन् । यस्तै १७ जना घाइते छन् । डोटीमा ११, डडेल्धुरा, बैतडीमा २÷२ जना, बझाङ र बाजुरामा १÷१ जना घाइते छन् ।