खाेज्नुहाेस

कांग्रेस कैलालीको वडा अधिवेशन छठ पछि हुने

Image

धनगढी  – नेपाली काँग्रेस कैलालीको वडा अधिवेशन छठ पर्वपछि हुने भएको छ । शनिबार धनगढीमा बसेको नेपाली काँग्रेस कैलाली जिल्ला कार्य सम्पादन समितिको बैठकले वडा अधिवेशन छठ पछि गर्ने निर्णय गरेको हो ।

navjiwan hospital

बैठकले अधिवेसन गर्न १५ सय १ सदस्यीय जिल्ला अधिबेशन मुल ब्यवस्थापन समिती गठन गरेको छ ।

attariya hospital

जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा गठन गरिएको समितिमा आर्थिक ब्यवस्थापन समिती सयोजक शेरबहादुर देउवा, अधिबेशन प्रचार प्रसार समिती सयोजक नृप बहादुर सुनार, स्वयंसेवक समिती सयोजक कृष्ण पाण्डे, आवास ब्यवस्थापन समिति सयोजक केशब मिश्र, भोजन ब्यवस्थापन समिती सयोजक नारायण सत्याल, यातायात ब्यवस्थापन समिती सयोजक टेकराज जोशी, प्राथमिक उपचार समिती सयोजक उत्तम जोशी, मञ्च व्यवस्थापन समिती सयोजक पुरन चौधरी, अतिथी सत्कार समिती सयोजक रेखा देवकोटा, सचिवालय ब्यवस्थापन समिती सयोजक कमला शर्मा र निर्वाचन ब्यवस्थापन समिती सयोजक नवराज रावल लाई तोकिएको छ ।