खाेज्नुहाेस

बेमौसमी वर्षाले झापामा १८ परिवार विस्थापित

Image

सुरुङ्गा–  सोमबारदेखि लगातारको वर्षाका कारण झापामा १८ परिवार विस्थापित भएका छन्।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका–१ को टप्पु गाउँका १८ घर परिवार विस्थापित भएका हुन्। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार विस्थापित परिवारलाई प्रहरी र पालिकाका जनप्रतिनिधिहरुको सहयोगमा उद्धार गरिएको छ।

attariya hospital
navjiwan hospital

उनीहरलाई स्थानीय एक सामुदायिक विद्यालयको भवनमा राखिएको छ। अत्यधिक वर्षाका कारण सो क्षेत्र डुबान भएपछि १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो।

वर्षाकै कारण गौरीगञ्ज–१ स्थित हुक्लाबारी गाउँका ८५ घर उच्च जोखिममा रहेका छन्। पचासी घर परिवारमध्ये १८ परिवारका ज्येष्ठ नागरिक र अशक्तलाई भने नजिकैको चर्चको भवनमा सारिएको बताइएको छ।

रासस