सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा टेलिफोन, मोवाईल र ईन्टरनेट सेवा अबरुद्ध
धनगढी, ४ कार्तिक – नेपाल टेलिकमको अप्टिकल फाईवर चुडिएपछि मंगलवार बिहान ४ बजेदेखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा टेलिफोन, मोवाईल र ईन्टरनेट सेवा अबरुद्ध भएको थियो ।
नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालय अत्तरीयाका निर्देशक नानाकर न्यौपानेले अप्टिकलको मेन हाई वे चुडिएका कारण टेलिकमका सबै सेवाहरु अवरुद्ध भएको बताए ।
अप्टिकलको मेन हाई वे नै चुडिएका कारण टेलिकमका सबै सेवाहरु बिगत २८ घण्टादेखि अवरुद्ध भएका छन् ।
“हामीले अप्टिकल चुडिएको स्थान पत्ता लगाईसकेका छौ,” निर्देशक न्यौपानेले भने, “वर्षा र पहिरोका कारण मर्मत गर्न सकेका छैनौ । स्थिति सहज भएपछि एक दुई घण्टाभित्रै टेलिकमका सबै सेवा सुचारु हुनेछन् ।”