खाेज्नुहाेस

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Image

अत्तरिया – जिल्लाको टीकापुर नगरपालिका २ विकास टोलमा से६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।  प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

navjiwan hospital

शनिबार  दुर्घटनामा मोटरसाइकल चालक टीकापुर १ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

attariya hospital

त्यस्तै मोटरसाइकलमै सवार सोही ठाउँका १९ वर्षीय आशिष मगर घाइते भएका छन्। तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घाइते आशिषको उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।