आज फूलपाती भित्र्याइदै, थारु समुदायमा पइनस्टोपी
धनगढी – आज फूलपाती । आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
आश्विन शुक्ल सप्तमीका दिनमा फूलपाती मनाइने गरिन्छ । तर, थारु समुदायमा दशै मनाउने तौरतरिका बेग्लै छ । थारु समुदायमा आजको दिन पइनस्टोपी ९ढिक्री पकाउने भाँडो० धुने चलन छ ।
थारु समुदायमा ज–जसको घरमा देवता छन् उनीहरु आजको दिन पइनस्टोपी (ढिक्री पकाउने भाँडो) धुने, देवतालाई नुहाई धुवाई गरि सरसफाई गर्ने, देवथान लिपपोट गर्ने र ढिक्री पुज्ने सामाग्रीको जोहो गर्ने चलन छ ।
आजको दिन थारु समुदायका घरमा भएका फोहार चिज बाहिर फाल्ने, घरमा भएका माकुराका जालोहरु फाल्ने जसलाई झोलझराई भन्ने गरिन्छ । अष्टमीको दिन थारु समुदायमा आफ्ना देवतालाई ढिक्री पुज्ने गर्दछन् ।