अत्तरिया – सुदूरपश्चिममा ३२ जना कोरोना संक्रमित थपिएका छन ।
सोमबार २३१० जनामा गरिएको एन्टिजेन परिक्षणमा ५ जना र १०५ जनामा गरिएको पिसिआर परिक्षणमा २७ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा जम्मा कोरोना संक्रमितको संख्या ४७ हजार ४ सय ६८ पुगेको छ ।


स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सोमबार २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै प्रदेशका डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।
प्रदेशमा सोमबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – ९ की ८० वर्षिय महिला रहेकी छन ।


















