थारु वस्तीमा बज्न थाले मादल र मन्जिरा

धनगढी – कला, संस्कृति, नाचगानमा धनी थारु समुदाय । आफैले सिर्जना गरेको गीतबाँस र नाचगानमा रमाउने थारु समुदाय ।

maya metro hospital

गत वर्ष कोभिड–१९ पहिलो लहरका कारण दशै तिहारमा सुनसान रहेका पश्चिम नेपालका थारु वस्ती यो वर्ष भने कोरोना संक्रमण दर न्यून भएका कारण थारु वस्तीमा मादल र मन्जिराको छुनछुन आवाजले चैनार (रमझम) भएको छ ।

कृष्ण जन्माष्टमीदेखि सुरु हुने सखिया नाचले दशै आउँन थालेको संकेत गर्दछ । अहिले गाउँ वस्तीमा मादल र मन्जिराको सुमधुर आवाजले गुञ्जायमान भएको छ । दसैं भित्रिएसँगै यहाँका थारू बस्तीमा सखिया नाचको रौनक छाएको छ । साझ पर्नेबित्तिकै प्रायः सुनसान हुने थारू बस्तीमा अबेर रातिसम्म मादल घन्केर चहलपहल बढिरहेको छ ।

attariya hospital

कैलालीको भजनी नगरपालिका वडा नम्बर ९ की रिता चौधरी साथीसंगी दिनभरि आफ्ना काममा व्यस्त भए पनि साँझपख भने एकै ठाउँ जम्मा भएर प्रत्येक साँझ सखिया नाच्ने गरेको बताइन् ।

कैलालीको कैलारी गाउँपालिका उत्तरभर्रीमा जेउँरा (जमरा) राखेको दिनदेखि समरौटी गाएर ट्रासन ठोकेका (नाँचको सुभारम्भ गरीएको) छ । गत वर्ष कोरोना कहरले थारु कला संस्कृतिमा समेत प्रभाव पारेको भएपनि अहिले भने गुञ्जायमान छ थारु वस्ती । गाउँको बर्का (ठूलो) गुरुवा र केसौका मार्फत कुल देउथान कालिमाईमा देवीदेवताको पूूजा आराधना सहित ट्रासन ठोकेपछि मात्रै सखिया नाँच्न पाउँने रितिरिवाज रहेको स्थानीय छोटेलाल चौधरीले बताए ।

उनले भने, ‘गत वर्ष कोरोना कहरले सम्भव भएन यो वर्ष हामीले धुमधामका साथ दशैं मनाइरहेका छौ ।’ थारु समुदायमा हरेक काम शुरु गर्दा निश्चित विधि पद्धति पुरा गर्नुपर्ने बताउदै उनले भने– ‘थारु समुदायमा सखिया नाँच्नु पूर्व होस् या मुङ्ग्रहुवा, बडका नाँच लगायतको सांस्कृतिक कार्यक्रम गर्ने क्रममा समरौटी गाउँने र ट्रासन ठोक्ने गरिन्छ ।’

उत्तरभरी गाउँमा सखिया र झुम्रा नाँच पुर्खौदेखि निरन्तर नाचिदै आइएको उनले बताए । दशैको आगमनमा मन्जिरा र मादलको अवाज कैलालीको उत्तरभर्री गाउँमा मात्रै होईन पश्चिम नेपालको प्रायः थारु बस्तीमा कृष्णजन्माष्टमीको विहानदेखि नाँचको अभ्यास हुन्थ्यो ।

जुन कारण गाउँ गाउँका नाचमा प्रतिस्पर्धा पनि हुन्थ्यो । दशैंमा गाउँको ठूला बडा अगुवा, बुद्धिजीवि, राजनेताहरुको घरमा सम्मान स्वरुप नाच लिएर आशिर्वाद लिन जाने चलन पनि छ । जसको रौनकले पुरै गाउँ नै चैनार (चहलपहल) हुन्थ्यो ।

कैलालीको भादा थारु होम स्टे गाउँमा दशक बढी समयदेखि सखिया, झुम्रा नाँच देखाएर पर्यटकहरुलाई स्वागत गरिदै आएको होम–स्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए । उनले भने, ‘सखिया दशैंको पूर्व सन्ध्यामा एक महिना आगाडी रातको समयमा नाँच्ने गरिन्छ ।’

उनले होमस्टेमा आउने पर्यटकलाई मनोरञ्जन दिनको साथै कला संस्कृतिको संरक्षण गर्न सखिया, झुम्रा नाँच्ने गरेको बताए । दशैंमा सखिया नाचको लागि मादल बजाउने पुरुष दौना (एक प्रकारको फूलको पात) को बास्नादार माला, सेतो धोती र कमिज लगाएर सखिया नचाउँछन् । मादल भने पुरुषले नै बजाउँछन् ।

नाचमा सघाउने पनि सबै महिला नै हुन्छन् । थारू समुदायले शिव पार्वती, कृष्णलगायत आफ्ना अरु देवीदेउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको माग गर्ने गर्दछन् । १५ देखि २० जनाको समुहमा सखिया नाच्ने युवती फरिया चोलिया बट्टेदार लेहंगा थारु गरगहनामा सजिएका हुन्छन् । तराईका थारु बाहुल्य बस्तीमा दसैं भरी मादल नबजेको दिन हुँदैन ।

खाना खाइसकेपछि उनीहरु हरेक दिन बस्ती अनुसारको नाचगान गरेर मनोरञ्जन गर्छन् । नाचगानमा थारु निकै व्यवस्थित छन् । उनीहरु कुन बेला कस्तो नाच्ने भन्नेमा पनि सचेत छन् । थारु बस्तीमा बाह्रैमास नाचगान भने हुँदैन । देउताको पुजा गरेर मादल बजाउने वा बन्द गर्ने हुन्छ । खास गरी थारु बस्तीमा भदौको दोस्रो सातादेखि कार्तिक महिनासम्म झन्डै दुई महिना निकै मनोरञ्जन गरिन्छ ।

दशैंमा ‘सख्या’ नाँच

थारु जातिको पौराणिक भाषा, भेषभूषा, रहन–सहन, संस्कार, कला तथा संस्कृतिक परम्परा अन्य समुदाय भन्दा भिन्न छ । आर्थिक, सामाजिक, तथा राजनीतिक हिसाबले पछि पारिए पनि साँस्कृतिक हिसाबले अन्य समुदायको तुलनामा थारु जाति धेरै अगाडी छ । थारु जातिले माघेसक्रान्तिलाई सवैभन्दा धुमधामका साथ मनाए पनि अट्वारी, कृष्ण जन्माष्टमी, दसैँ र तिहारलाई पनि धुमधामका साथ मनाउँदै आएका छन् ।

दसैँ थारु जतिका लागि महत्वपूर्ण पर्व मानिन्छ । महाभारत र कृष्ण लिलामा आधारित कथालाई गीतको लयमा ‘सख्या’ नाँच र आफ्नो घरको कुल देवतालाई पशुपंछी बलि दिने, ढिक्री चढाउने, बाबरी फुल, मकैको जमरा, रक्सी र जल चढाउने, बेलको हाँगामा ढिक्री फलाउने, कुपिण्डोको भेँडा बनाएर देउताको अगाडी बली दिने जस्ता धार्मिक काम पनि दसैँमा गरिन्छ ।

दसैँमा पाठपूजाका साथै ‘सख्या’ नाँचको ठूलो महत्व छ । थारु जातिका युवतीले महाभारत आधारित कथालाई गीतको लयमा उनेर सख्या नाच नाच्ने गर्दछन् । यूवाको समुहले युवतीले गाएको गीतको लयमा मादल बजाउँछन् । यो नाच कृष्ण जन्माष्टमीको रातदेखि नाच्ने गरिन्छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.