खाेज्नुहाेस

अबैध रुपमा महाकाली नदीमा भेडा, बोका तार्ने ४ जना पक्राउ 

Image

दार्चुला – महाकाली नदीमा अबैध रुपमा भेडा, बोका तार्ने ४ जना पक्राउ परेका छन । दार्चुलाको महाकाली नगरपालिका – १ को सल्लेबगरमा भारतको धार्चुला गलाती भएर नेपालतर्फ तार्दै गरेको अवस्थामा प्रहरीले ४ जना सहित ९ भेडा, बोका बरामद गरेको हो ।

navjiwan hospital

दशैंका लागि भारतबाट अबैध रुपमा नेपालमा भेडा, बोका तारीरहेको सूचनाका आधारमा ४ जनालाई तारिरहेकै अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

attariya hospital

बरामद गरेका ३ बोका र ६ भेडा मरेको प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।