खाेज्नुहाेस

गोदावरीमा अधिकारका कुरा बढी, काम कम

Image

अत्तरिया – ‘हजुर मेरो पीडा सुनिदिनु होला । यो मेरो दुःख, पीडाको कुरा हो । यसअघि पनि यसरी पीडा राखेकी थिए’ औपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समुह गोदावरीले बुधबार अत्तरियामा आयोजना गरेको कार्यक्रममा लक्ष्मी दमाइले भनीन् ‘हुनत मैले यो पीडा पटक–पटक राखिसकेकी छु । तर, कतैबाट केही सहयोग भएन ।’

शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारका सवालमा गरिएको अन्तरक्रिया कार्यक्रममा दमाइले भनीन ‘मैले यस्तै कार्यक्रममा आएर धेरै चोटी समस्या राखिसके अब मलाई केही सहयोग गुर्नप-यो ।’ उनले आफू संग बस्नका लागि सुरक्षित आवास नभएको र, खान लाउन पनि निकै समस्या भएको बताईन् ।

attariya hospital

‘पत्रपत्रीकामा पनि मेरा समस्या आए । यस्ता कार्यक्रमहरुमा पनि म धेरै चोटी आएर समस्या राखिसके तर, अहिले सम्म कसैले वास्ता गरेको छैन’ उनले भनीन् ‘मेरो समस्या सबैले सुनिदिनु प-यो । मेरो दुःख हेरिदिनुप-यो ।’ उनले गरिब भएर आफूलाई हेपेको भए त्यो पनि बताइदिनु पर्ने बताईन् । सानो खरले छाएको झुपडीमा बस्ने दमाइ ६ छोराछोरी संगै मृगौला रोगले थलिएका श्रीमान संगै बसोवास गर्छिन ।

कैलालीको गोदावरी नगरपालिका – ७ शान्तीटोलकी दमाइले यसअघि इन्सेकले नै आयोजना गरेको कार्यक्रममा २ चोटी समस्या राखेको बताइन् ।

दमाइकै कुरा कोट्याउँदै अर्की बक्ता गोदावरी नगरपालिका – १ की महिला स्वास्थ्य संमसेवीका देवी ओझाले पनि समस्या मात्रै राख्ने तर, सामाधान नहुने परिपाटी गलत भएको बताईन् ।

उनले भनीन ‘वहाँ पीडितले यस्तै कार्यक्रममा आफ्ना पीडा कती पोखिसकिन । केही हल गर्न सक्नुभएको छैन । त्यो भन्दा बढी म के भनौ ।’

स्वास्थ्य संग सम्बन्धित समस्या राख्दै ओझाले स्वास्थ्यका कार्यक्रम लक्षित वर्गलाई उपस्थित गराएर मात्रै गर्न सुझाव दिइन् । उनले कार्यक्रममा भाषण एक र काम अर्को नगरिदिन आग्रह गरिन् । वडा नम्बर १ को कार्यालय भवनमा आयोजित कार्यक्रममा बोल्दै ओझाले भनीन ‘यही कोठामा मै २ दिन उपस्थिति भएर समस्या राखिसकेकी छु । तर, अहिले सम्म समस्या सामाधान भएको छैन । एनजिओ, संघ सस्थाले कार्यक्रम गर्ने मात्रै नभएर लक्षित ठाउँमा समस्या पु-याउन पनि सक्नु प-यो ।’

navjiwan hospital

कार्यक्रममा शिक्षा, स्वास्थ, खाद्य र आवास सम्बन्धित सरोकारवालाहरुले पनि आ– आफ्ना क्षेत्रका समस्या राखेका थिए । सहभागिले नगरपालिकाका विद्यालयहरुमा नियमित अनुगमन नहुने गरेको, स्वास्थ्य चौकीहरुमा प्रयाप्त सुविधा नभएको, आवासका समस्या भएको लगायतका समस्या राखेका थिए ।

सहभागिका गुनासाको प्रतिक्रिया दिर्दै इन्सेक कैलालीका सहजकर्ता दिपक नेपालीले आफूहरुले समस्या सामाधान गर्ने भन्दा पनि दुवै पक्षलाई जोड्ने पुलको रुपमा काम गर्ने बताए । कार्यक्रमको संचालक समेत रहेका नेपालीले अधिकार दिने दायित्व राज्यको भएकाले आफूहरुले राज्यलाई झकझक्याउने बताए ।

यस्तै मानव अधिकार समुह गोदावरीका अध्यक्ष नरदिप सिंह धामीले पनि आफूहरुले कसैलाई सेवा दिने नभइ सेवा दिने प्रदायक सम्म कुरा पु-याउने बताए । उनले मानव अधिकारका विषयमा आफूहरुले दशैं लगतै अनुगमनका कार्यक्रम गर्ने बताए ।

‘हजारौको भिडमा एक–एक व्यक्तिको समस्या थाहा हुँदैन । त्यसका लागि समस्या भएको व्यक्तिले सम्बन्धित ठाउँमा समस्या राख्नु प-यो’ उनले भने ‘बच्चा नरुदा सम्म दुध पाउँदैन भनेजस्तै हामीले पनि सम्बन्धित निकाय खोजेर आफ्ना समस्या राख्नु पर्छ ।’ उनले पत्रकारले पनि यथार्थ कुरा झल्किने गरी समाचार लेख्नुपर्ने बताए ।

उक्त कार्यक्रमकी प्रमुख अतिथि रहेकी गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले शिक्षा, स्वास्थ, खाद्य र आवास सम्बन्धि विषयमा इन्सेकले राज्यका निकायलाई झकझक्याउने काम गरिरहेकोमा धन्यावाद ज्ञापन गरिन् । उनले कार्यक्रममा आएका समस्या नगरपालिकाको कार्यपालिका बैठकमा लग्ने बताइन् ।

‘स्थानिय तहमा जनप्रनिधि आएपछि केही सुधारका काम भएका छन’ उनले भनीन् ‘नीति निर्माण गरेर कार्यान्वय गर्ने काममा लिड गर्ने राजनीतिक तहबाट नै हो । तर, हरेक कामलाई व्यवस्थापन गर्ने काममा सबैको साथ चाहिन्छ ।’

उनले विपन्न वर्गका लागि नगरपालिकाले वडाहरु मार्फत पटक–पटक राहत वितरण गरिरहेकाले समस्यामा परेकाहरुलाई वडा कार्यालयको सम्पर्कमा रहन आग्रह गरीन ।

कार्यक्रममा विभिन्न वडाहरुका वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरुले पनि सहभागिका समस्याका बारेमा जवाफ दिएका थिए । इन्सेकले गोदावरीमा मानव अधिकार समुह संगको सहकार्यक्रमा मानव अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।

इन्सेक कैलालीका सहजकर्ता नेपालीले चालु आर्थिक बर्षमा मात्रै गोदावरीमा मानव अधिकार सम्बन्धि ७ वटा कार्यक्रम आयोजना गरेको बताए ।