अत्तरिया – कैलालीको अत्तरियामा बजाज एक्सचेन्ज अफर सुरु भएको छ ।
यही असोज १७ गते देखी अत्तरियामा रहेको बजाज मोटरसाईकलको एक मात्र आधिकारीक विक्रेता रुद्र अटोमोटिभ्सले ६ दिने बजाज एक्सचेन्ज अफर सुरु गरेको हो ।


२२ गतेसम्म सञ्चालन हुने अफरमा कुनै पनि मोटरसाईकलको बजार मुल्यांकन भन्दा नगद रु. १० हजार थप दिईने बताईएको छ ।
यसका साथै प्रत्येक बजाज मोटरसाईकलको खरिदमा ५० प्रतिशत डाउनपेमेन्टमा शुन्य प्रतिशत व्याजदर पनि रहेको छ ।
यसैगरी उक्त अवधीभर कम्पनिले खुशीको ३ डोज अवधारणा पनि ल्याएको छ । उक्त अवधारणा अन्तरगत बजाज मोटरसाईकल किन्नु अघि १० हजार, किन्दा खेरी १ लाख र किनेपछि १० लाख सम्म प्राप्त गर्न सकिने बम्पर उपहार रहेको रुद्र अटोमोटिभ्सका सञ्चालक गिरीराज भट्टले जानकारी दिए ।
एक्सचेन्ज अफर अवधीभर ग्राहकहरुले जुनसुकै मोटरसाईकल पनि एक्सचेन्ज गर्न सक्नेछन ।

















